२०८१ चैत १२, मङ्गलवार , ०३:४३:०६ बजे

Sajhamanch
'

सुनको भाउ ९०० रुपैयाँले घट्यो

आइतवार, चैत १०, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलामा एक लाख ७५ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर एक हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार ९९५ रुपैयाँ थियो ।

आइतवार, चैत १०, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर