२०८१ चैत १२, मङ्गलवार , १०:३४:३३ बजे

Sajhamanch
'

पीएम कपमा आज तीन खेल हुँदै

आइतवार, चैत १०, २०८१

काठमाडौं । पीएम कप क्रिकेटमा कपमा आज तीन खेल हुँदैछन् ।आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ।

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७ खेलमा २ जित र ५ हार बेहोरेको छ भने कोशी प्रदेशले खेलेका ७ खेलमा १ जित र ६ हार बेहोरेको छ।आज अर्को खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुनेछ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ। जारी प्रतियोगितामा आर्मी क्लबले ७ खेलमा ६ जित र एक हार बेहोरेको छ भने लुम्बिनी प्रदेशले ७ खेलमा ४ जित ३ हार बेहोरेको छ।

त्यस्तै अर्को खेल गण्डकी प्रदेश र एपीएफ क्लबबीच हुनेछ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा गण्डकीले ७ खेलमा एक जित र ६ हार बेहोरेको छ भने एपीएफले आफ्ना ६ खेलमा ४ जित र २ हार बेहोरेको रहेको छ।

सम्बन्धित खबर