२०८१ चैत १०, आइतवार , १०:१८:०७ बजे

Sajhamanch
'

एमाले नमूना टोल कमिटीको अध्यक्षमा पुनः न्यौपाने

शनिवार, चैत ९, २०८१

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर ६ अन्तर्गत नमूना टोलस्तरीय भेलाले इन्दिरा न्यौपानेको अध्यक्षता टोल कमिटी पुनर्गठन गरेको छ ।

शुक्रबार नमूना टोलमा भएको भेलाले न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय टोल कमिटी पुनर्गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गोविन्द सापकोटा, सचिवमा शोभा थामी, उपसचिवमा निरु तामाङ र मोना हरिजन निर्विरोध चयन भएका छन् ।

कमिटीका सदस्यहरुमा फुचमान भूजेल, ज्ञेबहादुर पन्त, हरिचन्द्र झा, राम सुवेदी, मनोज पौडेल, चन्द्रबहादुर रिमाल, दिलबहादुर ओली, गहर्जन वेगम, अम्बिका थापा, समिम खान, एविन हरिजन, मुन्द्री उराउ, कमला सापकोटा, वैजनाथ साहानी, मिना शर्मा, सुनिता महतो, इन्दिरा सापकोटा र लीला थापा चयन भए ।

नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य शिवकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले कोशी प्रदेश सल्लाहकार माधव विद्रोहीले मिसन ८४ पूरा गर्न नेकपा एमालेले ल्याएको जरा अभियानको बारेमा प्रकाश पारेका थिए ।

टोल कमिटीका अध्यक्ष इन्दिरा न्यौपानेको अध्यक्षतामा सम्पन्न भेलामा पूर्व वडाध्यक्ष तथा एमाले भद्रपुर नगर कमिटीका सदस्य प्रेम बरुवालले खानेपानी ट्याङ्कीको डेढ किलोमिटरको दूरिमा रहेको नमूना टोलमा अहिलेसम्म खानेपानीको व्यवस्था नभएको बताउँदै नगरपालिका र वडा कार्यालयको ध्यानाकर्षण गराए ।

सम्बन्धित खबर