
भद्रपुर । नेकपा एमाले भद्रपुर वडा नम्बर ६ अन्तर्गत मोतियाबाडी टोल कमिटी पुनर्गठन गरिएको छ । बुधबार साँझ मोतियाबाडीमा भएको भेलाले पुण्यप्रसाद भण्डारीको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी पुनर्गठन गरेको हो ।
सो टोल कमिटीको उपाध्यक्षमा राहुल राजवंशी, सचिवमा श्याम खवास र सदस्यहरुमा सविता श्रेष्ठ, आयुष शिव, कला विक, दुर्गा खतिवडा, तारा कार्की, रावित्रा राजवंशी, कल्पना राजवंशी, लक्ष्मी राजवंशी चयन भएका छन् ।
नेकपा एमाले भद्रपुर वडा नम्बर ६ को वडा कमिटी सदस्य तथा मोतियाबाडी टोलका सहजकर्ता प्रशंसा ठटालको अध्यक्षतामा भएको भेलामा एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा वडा नम्बर ६ का अभियन्ता माधव विद्रोही र पूर्व वडाध्यक्ष तथा नगरकमिटी सदस्य प्रेम बरुवालले जरा अभियानका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम वडा कमिटीका सचिव सन्ध्या हाडाले सञ्चालन गरेकी थिइन् ।