
झापा । झापाको अर्जुनधारामा निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ८ बजे अर्जुनधारा नगरपालिका–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याइपुर्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।