
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दैछ।केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ।