२०८१ चैत ३, आइतवार , १०:४१:५८ बजे

Sajhamanch
'

झापा गाउँपालिकामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

आइतवार, चैत ३, २०८१

झापा । झापा गाउँपालिकामा ब्राउन सुगरसहित बिर्तामोडका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ हर्कलाल मार्ग बस्ने २२ वर्षीय मन्दिप सुनार र पुरानो सगरमाथा टोल बस्ने १९ वर्षीय अभिशेख शाह रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बाबाट खटिएको टोलीले झापा गाउँपालिका-४ गरमथान सीमा इलाकामा शनिबार साँझ ७ः४५ बजेको समयमा भारतबाट मे. ७ प ५०७८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक शाहको साथबाट १ ग्राम ९६० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

लागू औषध र मोटरसाइकलसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ ।

सम्बन्धित खबर