
भद्रपुर । नेकपा एमाले भद्रपुर नगर अन्तर्गत जरा केन्द्रित अभियान टोल टोलसम्म पुगेको छ । अभियानकै क्रममा एमाले भद्रपुर ९ नम्बर वडा कमिटी अन्तर्गत रहेका टोल कमिटीहरु गठन र पुनर्गठन गरिएको हो ।
पार्टी सदस्यहरु नविकरण, नयाँ सदस्यता विस्तार, प्रशिक्षण कार्यक्रम जस्ता कार्य योजनासहितको एमाले जरा अभियान अहिले टोल टोलसम्म पुगेको छ । त्यही अभियान अन्तर्गत एमालेले वडा नम्बर ९ र ६ मा प्रदेश सल्लाहकार सदस्य माधव विद्रोहीलाई सहजकर्ताको रुपमा नेकपा एमालेले खटाएको छ ।
अभियन्ता एवम् सहजकर्ताहरुको उपस्थितिमा वडा नम्बर ९ का विभिन्न टोलमा नेतृत्व चयन गरिएको छ । आज शनिबार लक्ष्मी टोलमा भएको भेलाले संगीता तिवारीको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी गठन गरेको छ ।
पार्टीको वडा कार्यालयमा भएको भेलाले गठन गरेको टोल कमिटीको उपाध्यक्षमा निर्मला दंगाल, सचिव पहिलो बैठकमा तय गर्ने गरी उपसचिवमा शान्तिलाल राउत र दुर्गा निरौलालाई सर्वसम्मत चयन गरेको छ ।
सो टोल कमिटीमा सदस्यहरु इन्द्र गौतम, लीला विश्वकर्मा, मुना दर्जी, सुमित्रा ढकाल, निर्मला तिवारी, सीता पाँचकोटी, रितिका ढकाल, शोमा दाहाल, लक्ष्मी खत्री ढकाल, जुनु शंकर, लिला विश्वकर्मा रामकुमार श्रेष्ठ रहेका छन् ।
नेकपा एमाले वडा नम्बर ९ का वडा कमिटी अध्यक्ष ध्रुवराज कार्कीको अध्यक्षतामा सम्पन्न भेलामा वडा कमिटी जरा अभियानका सहजकर्ता माधव विद्रोहीले जरा अभियानका सन्दर्भमा प्रकाश पारेका थिए ।
यस्तै बिहीबार केदारेश्वर टोलमा भएको भेलाले कौशिला प्रसाईको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा यामप्रसाद घिमिरे, सचिवमा कमला शिवाकोटी, उपसचिवमा पुष्पा खतिवडा र शर्मिला कटुवाललाई चयन गरेको छ ।
कमिटीका सदस्यहरुमा मिना मगर, दुर्गा अधिकारी, संगीता घिमिरे, भिमा काफ्ले, रमेश नेपाल र तोयानाथ नेपाल सर्वसम्मत चयन भएका छन् ।
नुमा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा कमिटी अध्यक्ष धु्रवराज कार्की र प्रदेश कमिटीका सल्लाहकार सदस्य माधव विद्रोहीले जरा अभियानका सन्दर्भमा प्रकाश पारेका थिए ।
यसअघि फागुन १९ गते वडा नं. ९ मा विकास टोल कमिटी पुनः गठन गरिएको छ । विकास टोलमा भएको एमाले टोलस्तरीय भेलाले सो कमिटीलाई देउमान खवासको अध्यक्षतामा गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा कविता सारु मगर, सचिवमा नारायण बराल, उपसचिव सुमित्रा विश्वकर्मा र सरला लिम्बू सर्वसम्मत निर्वाचित भए । त्यसैगरी, कमिटीका सदस्यहरुमा बालकुमार राई, तारा विश्वकर्मा, बच्चु तामाङ, अर्जुन राई र चन्द्र दाहाललाई सर्वसम्मत निर्वाचित गरेको छ ।
देउमान खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा कमिटी अध्यक्ष धु्रवराज कार्की र जरा अभियानका सहजकर्ता माधव विद्रोहीले जरा अभियानका सन्दर्भमा प्रकाश पारेका थिए ।
वडा नम्बर ९ अन्तर्गत कै चेतनशील टोल कमिटी पनि पुनर्गठन गठन भएको छ । एमाले टोलस्तरीय भेलाले चन्द्रमणि पौडेलको अध्यक्षतामा सो टोल कमिटी गठन गरेको हो ।
भेलाले टोल कमिटीको उपाध्यक्षमा जुनु लिम्बू, सचिवमा गोविन्द निरौला, उपसचिवमा निमचरण राजवंशी, महिला उपसचिवमा आशा मुर्मु, सदस्यहरुमा बुनियाँ हास्दा, सुको राजवंशी चयन गरेको छ ।
त्यसैगरी सो भेलाले कल्पना पोखरेल, नर्वदा अधिकारी, पदम खड्का, सरिता पोखरेल, लिला पोखरेल, मधु आचार्य, अनिता राजवंशी, पुण्यप्रसाद भट्टराई, नवराज आचार्य, अनिष निरौला, झुनादेवी आचार्य, लक्ष्मी आचार्य, विष्णुमाया पोखरेल र सविना पौडेललाई सदस्यमा चयन गरेको छ ।
पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा कमिटी अध्यक्ष धु्रवराज कार्की र माधव विद्रोहीले जरा अभियानका सन्दर्भमा प्रकाश पारेका वडा कमिटीका सचिव महेश न्यौपानेले जानकारी दिए ।