
काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका २ जना डीएसपीलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरिएको छ ।प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा सिफारिस गरेको हो ।
बुधबार बसेको समितिको बैठकले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन शाखामा कार्यरत रविन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदबारमा कार्यरत ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरेको हो ।प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ९४० अनुसार उनीहरूको बढुवा सिफारिस गरिएको समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।