
काठमाडौं। लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुदै छन्।आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ।कोशी प्रदेशले पहिलो खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशको भने यो पहिलो खेल हो।
त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुँदै छ। देउखुरी क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि नै शुरु हुदै छ।कर्णालीले पहिलो खेलमा जित हासिल गरेको छ भने गण्डकीले पहिलो खेलमा हार बेहोरेको छ।