२०८१ फागुन २६, सोमवार , ०५:५१:४४ बजे

Sajhamanch
'

बुट्टाबारी च्यालेन्ज कपः उपाधिका लागि आयोजक र बगान खेल्दै

सोमवार, फागुन २६, २०८१

बितामोड । झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक बुट्टाबारी युनाइटेड क्लब र बगान युथ क्लब कचनकवल खेल्दै छन् ।

बिर्तामोड ६ स्थित हरियाली खेल मैदानमा भोलि फागुन २७ गते हुने फाइनल खेलमा दुई झापाली टिमले एक अर्काको सामना गर्दैछन् ।

बुट्टाबारीले क्वार्टर फाइनलमा गाईघाट युनाइटेड क्लब उदयपुरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने रेड हर्स एफसीलाई रोक्दै फाइनल प्रवेश गरेको थियो ।

त्यस्तै, बगानले न्यू स्टार क्लब सुनसरीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने शनिश्चरे एफसी अर्जुनधारालाई स्तब्ध पार्दै उपाधिनजिक पुगेको हो ।

प्रतियोगिताको विजेताले दुई लाख दुई हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी पाउने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार पाइरहेका छन् । त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।

सम्बन्धित खबर