२०८१ फागुन २५, आइतवार , ०८:००:३४ बजे

Sajhamanch
'

१४०० पेजको रिजाल वंशावली पुस्तक लोकार्पित

शनिवार, फागुन २४, २०८१

कनकाई । धनञ्जय ऋषिकुल रिजाल वंश सेवा कन्द्रीय समितिले आज रिजाल वंशावली पुस्तक लोकार्पण गरेको छ । झापाको कनकाई नगरपालिका कोटिहोममा संस्थाको १४औं वार्षिक साधारण सभा पारेर रिजाल वंशज सेवा केन्द्रीय समितिले पुस्तकको लोकार्पण गरेको हो ।

वि.सं. २०२६ सालदेखि वंशावली पुस्तक प्रकाशनको लागि नाम संकलन सुरु गरेको समितिले ४२ वर्षको मेहनत पछि रिजाल वंशज पुस्तक प्रकाशन गरी आज विमोचन गरेको हो ।

समितिले पुस्तक विमोचनसँगै धनञ्जय ऋषिकुल रिजाल वंशज सेवा केन्द्रीय समितिको १४औं वार्षिक साधारणसभा पनि सम्पन्न गरेको छ ।

विमोचन गरिएको रिजाल बंशज पुस्तकमा अमेरिका, अस्ट्रेलिया, जापान, थाइल्याण्ड, भारत, भूटान, बर्मा र नेपालका हिमाली चार जिल्लाबाहेक सवै जिल्लामा बसोबास रहेका बन्धुहरु समावेश गरिएको पुस्तकका सम्पादक प्रकाशचन्द्र रिजालले जानकारी दिए । उनले हिमाली जिल्लाहरुमा वंशावली पुस्तक तयार पार्दासम्म कुनै पनि रिजाल बन्धुहरुको तथ्यांक नभेटिएको बताए ।

पुस्तकमा एक लाख पाँच हजार बन्धुहरु समावेश छन् । एक हजार ४०० पेजको उक्त पुस्तक पहिलो संस्करण भएको प्रकाशचन्द्रले बताए ।

करिव २० लाख रुपैयाँको लागतमा तयार गरिएको पुस्तक प्रकाशनका लागि केन्द्रीय समिति अन्तरगतका ७० जनाको पुस्तक प्रकाशन समिति निर्माण गरिएको र सात जनाको सम्पादन मण्डल गठन गरिएको सम्पादक रिजालले जानकारी दिए ।

पुस्तक प्रकाशनका लागि २०२६ सालेदेखि अनवरत रुपमा खोज गरेर काम गरेको वंशावली संकलन कर्ता कल्याण रिजालले बताए । उनले आजसम्म निःशुल्क रुपमा काम गरेको पुस्तकमा अनुसन्धानका क्रममा भेटिएका कुरालाई समावेश गरिएको र केही छुट भए दोस्रो संस्करण प्रकाशनमा समावेश गर्ने बताएका छन् ।

कल्याण रिजालको खोज, अनुसन्धान र संकलनका आधारमा प्रकाशन गरिएको पुस्तक नमूना प्रेन्टिङ पे्रस बिर्तामोडका सञ्चालक कृष्ण रिजालको प्राविधिक सहयोगमा प्रकाशन गरिएको वंशावली निर्माण समितिले जनाएको छ ।

सम्बन्धित खबर