२०८१ चैत २५, सोमवार , ११:५५:०२ बजे

Sajhamanch
'

वर्ल्डलिङ्कका ग्राहक १० लाख पुगेको खुसीमा १० जनालाई आईफोन १६

शुक्रवार, फागुन २३, २०८१

बिर्तामोड । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कका प्रत्यक्ष ग्राहक १० लाख हाराहारी पुगेको सो कम्पनीले जनाएको छ । योसँगै कम्पनीले यसै महिना १० लाख घरधुरीमा इन्टरनेट सेवा पुर्‍याउने र देशकै पहिलो इन्टरनेट सेवा प्रदायक बन्ने घोषणा गरेको छ ।

१० लाख ग्राहक पुग्न लागेको अवसरमा कम्पनीले १० वटा आईफोन १६ गिभअवे गर्ने घोषणा गरेको छ ।

जसअनुसार १० जना भाग्यशाली ग्राहकले आईफोन १६ प्राप्त गर्नेछन् । मार्च २ (फागुन १८) देखि ११ मार्च (फागुन २७)सम्म हरेक दिन गिभअवे गरिने कम्पनीले जनाएको छ ।

यो १० दिनको अवधिमा नयाँ इनटरनेट जडान गर्ने ग्राहक वा नविकरण गर्ने ग्राहकहरु मध्ये भाग्यशाली विजेताले आईफोन १६ पाउने कम्पनीको योजना छ ।

सम्बन्धित खबर