
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा बोलेरो जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ।त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जीपले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा–१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई उक्त बोलेरोले ठक्कर दिँदा दुई दिदीबहिनीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दुर्घटनापछि १४ वर्षीया अनुकुमारीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो। उनलाई अस्पतालले मुत्यु भएको घोषणा गरेको थियो। १२ वर्षीकी देवकुमारीको घटनास्थलमै मृत्यु भएको थियो।सवारी चालक त्रियुगा नगरपालिका–९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।