२०८१ फागुन २५, आइतवार , ०९:३८:४६ बजे

Sajhamanch
'

बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु

शुक्रवार, फागुन २३, २०८१

काठमाडौं । काठमाडौंको साँखुमा बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु भएको छ।

शंकरापुर नगरपालिका-६ सलम्बुटारमा ​द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार बिहान सवा ३ बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो।

ठक्करबाट दुई बालबालिका र एक युवकको मृत्यु भएको आश्रयस्थलका अध्यक्ष युवराज थापाले जानकारी दिए। बालबालिका सुतिरहेको टहरामा टिपर पसेको थियो।घटनालगत्तै प्रहरीले घाइतेहरूलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्‍याएको थियो। चिकित्सकले साढे ४ बजे मृत घोषणा गरे।

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ।टिपरलाई डोजरले बाहिर निकालिएको छ।घटनाको अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ।

सम्बन्धित खबर