२०८१ फागुन २१, बुधवार , १२:४६:५४ बजे

Sajhamanch
'

कृषकको गोठ गोठमा बिर्तामोड नगरपालिका !

बुधवार, फागुन २१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ ।

नगरपालिका अन्तरगत पशुपंछि तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिवसीय स्थलगत शिविरको आयोजना गरी २६ जना कृषकको गोठमा पुगेर सेवा प्रदान गरेको हो ।

विज्ञसहितको टोलीले समस्या समाधानका लागि आधुनिक प्रविधिसहित चेकजाँच गर्नुका साथै आवश्यक औषधीसमेत निःशुल्क वितरण गरेको शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिए ।

नगरपालिकाले चालू आर्थिक वर्षको योजना अनुसार शिविर सञ्चालन गरेको हो । बाँझोपनाको समस्याका विषयमा जानकारी गराउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । सोहि सूचनाको आधारमा परेका निवेदन हेरेर सेवा प्रदान गरेको डा. खड्काले बताए ।

शिविरमा डा. खड्कासहित राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीका पशु चिकित्सक कपिलदेव यादव, मिथिलेसकुमार दास, पशुपंछि तथा मत्स्य विकास शाखा बिर्तामोडका राजेश अधिकारी लगायतको टोली खटिएको थियो ।

तुलनात्मक रुपमा भैँसीमा भन्दा गाईमा धेरै बाँझोपनाको समस्या देखिने गरेको पशु चिकित्सकहरुले बताएका छन् ।

सम्बन्धित खबर