
काठमाडौं । सुनको भाउ आज ९०० रुपैयाँले बढेको छ । सुनको भाउ ९०० रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ९५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।