२०८१ फागुन २०, मङ्गलवार , ०८:०६:५९ बजे

Sajhamanch
'

प्रेस सेन्टर नेपाल झापाको पद हस्तान्तरण र सुखानी सन्देश विशेषांक विमोचित

मङ्गलवार, फागुन २०, २०८१

बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको पद हस्तान्तरण एवम् सुखानी सन्देश विशेषांकको विमोचन आज एकसाथ बिर्तामोडमा गरिएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा (जुगल)को प्रमुख आतिथ्यमा सम्पन्न गरिएको कार्यक्रममा पूर्व पदाधिकारीले नयाँ कार्यसमितिलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए ।

सो अवसरमा राजु पाठकको सम्पादन एवम् निर्देशनमा प्रकाशन गरिएको सुखानी विशेषांकको प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा विमोचन गरेका थिए ।

सो कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि सापकोटाले शहीदले अपेक्षा गरेको सपना र देशमा विद्यमान उपलब्धिलाई पूर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री झलकसिंह दर्लामी (सन्देश), जिल्ला इन्चार्ज रन्जित तामाङ, प्रदेश उपाध्यक्ष एवम् घाइते प्रतिष्ठानका प्रदेश अध्यक्ष विजय साम्पाङ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतम, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार र सुखानी सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष बिपिनकुमार चौहानले आफ्ना धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले विशेषांकको बारेमा चर्चा गरिएको कार्यक्रममा सुखानी सन्देशका सम्पादक चूडामणि बाशिष्ठले विशेषांक प्रकाशनको विषयमा जानकारी गराएका थिए ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोष शर्माले शाब्दिक स्वागत तथा सचिव प्रकाश उप्रेतीले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर