
काठमाडौं । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ ।
सुनको भाउ आज एक हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको एक हजार ९४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९१५ रुपैयाँ थियो ।