२०८१ फागुन १६, शुक्रवार , १२:३०:४५ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन २२०० रुपैयाँले घट्यो

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । सुनको भाउमा आज एकैदिन दुई हजार २०० रुपैयाँले घटेको छ । सुनको भाउ दुई हजार २०० रुपैयाँले घटेर तोलाको एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । गएको मङ्गलवार फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार ९१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

शुक्रवार, फागुन १६, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर