२०८१ फागुन १५, बिहिवार , ०२:००:४८ बजे

Sajhamanch
'

सुनको भाउ घट्यो, चाँदीको सामान्य बढ्यो

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । सुनको भाउमा आज दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ २०० रुपैयाँले घटेर तोलाको एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार ५०० रुपैयाँ थियो । अस्ति मङ्गलवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

बिहिवार, फागुन १५, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर