२०८१ फागुन १२, सोमवार , ०९:२८:५१ बजे

Sajhamanch
'

वरिष्ठ उपाध्यक्ष घिमिरेको जन्मोत्सवमा राहत कोषमा रकम र वृद्धाश्रममा खाद्यान्न प्रदान

सोमवार, फागुन १२, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित ‘व्यवसायी राहत कोष’का संयोजक राजकुमार घिमिरे ‘राजु’ले ३१ हजार ५०० रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

आज आफ्नो जन्मदिनमा संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका घिमिरेले कोषमा रकम जम्मा गरेका हुन् । श्रीमती मीनादेवी भट्टराई घिमिरेसहित संघको कार्यालयमा आएका घिमिरेले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए ।

व्यवसायीलाई समस्या पर्दा तत्काल राहत उपलब्ध गराउने गरी संघले एक करोड रुपैँयाको लक्ष्य राखेर अक्षयकोष स्थापना गरेको छ । सो कोषमा हालसम्म १० लाख रुपैयाँभन्दा माथि रकम संकलन भइसकेको छ ।

वरिष्ठ उपाध्यक्ष घिमिरेले कोष वृद्धिका लागि रकम उपलब्ध गराएसंगै बिर्तामोड उद्योग वाणिज्य संघले उनलाई कदरपत्र सहित सम्मान गरेको छ । जन्म दिनको शुभकामना र सुवेक्षा सहित घिमिरे दम्पत्तीलाई नै सु–स्वास्थ्य र दीर्घयूको कामना गरिएको थियो ।

यसैबीच उनले यसअघि बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका ३९ जना ज्येष्ठ नागरिकलाई भोजन गराएका थिए ।

त्यहाँ रहेको ज्येष्ठ नागरिकलाई भोजनसहित फलफूल वितरण गरेका उनले लगत्तै आफूहरुले स्थापना गरेको व्यवसायी राहत कोषका लागिसमेत रकम प्रदान गरेका थिए ।

आश्रममा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलले समेत उनको जन्मदिनका अवसरमा वृद्धाश्रम पुगेर शुभेच्छासहितको शुभकामना दिएको थियो ।

लायन्स क्लव अफ अनारमनी र लीओ क्लव अफ अनारमनीले घिमिरेको जन्म दिनको अवसरमा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग पुर्याएका थिए ।

लायन्स क्लव अफ अनारमनीका उपाध्यक्ष सुनिता पोखरेल सहितको टिम वृद्धाश्रम पुगेको थियो । घिमिरे लायन्स क्लव अफ अनारमनीका पूर्व अध्यक्षसमेत हुन् ।

सम्बन्धित खबर