२०८२ जेठ ११, आइतवार , ०८:०५:१७ बजे

Sajhamanch
'

कानुन कार्यान्वयन गर्न माग गर्दै चेतना नेपालको ज्ञापनपत्र

सोमवार, फागुन १२, २०८१

भद्रपुर । चेतना नेपालले जिल्ला प्रशासन कार्यालय झापामा होटल व्यवस्था तथा मदिरा ऐन सुर्ति नियमन नियन्त्रण ऐन तथा निर्देशिकालाई कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ ।

चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीको नेतृत्व टोलीले जिल्लास्थित सम्बन्धित कार्यालय, सुरक्षा निकाय लगायतलाई परिचालित गरेर लागु औषध दुव्र्यसन न्यूनीकरण गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको हो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई बुझाइएको उक्त ज्ञापन पत्रमा लागु औषध दुव्र्यसनको सुरुवातीचरण सुर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ नै पहिलो खुड्किलो भएको हुँदा यी पदार्थहरु नियम अनुसार नियन्त्रण गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित निकायले कानून कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न माग गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेपालले पत्र बुझ्दै सबै प्रहरी युनिट र जिल्लास्तरका सम्बन्धित कार्यालयहरुलाई पत्राचार गरेर कानून कार्यान्वयमा ल्याउने प्रतिबद्धता जाहेर गरेका थिए ।

चेतना नेपालले यस अघि विभिन्न संघ–संस्थाको समन्वयमा झापामा ७२ वटा विद्यालयमा चेतनामुलक शैक्षिक सामग्री वितरण तथा सदरमुकाम र झापाका मुख्य मुख्य सहर बजारमा कानून नियम संहिता अंकित सूचनासमेत टाँस गरिसकेको चेतना नेपालका प्रशिक्षक कल्पना भट्टराईले जानकारी दिइन् ।

झापामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेतृत्व सम्हालेपछि पहिलो प्राथमिकतामा लागू औषध दुव्र्यसनलाई न्यूनीकरण गर्न लागिपर्ने प्रतिबद्धता गरिसकेका छन् भने अभियान सफल बनाउन चेतना नेपाल सक्रिय रहेको अध्यक्ष ओलीको भनाई छ ।

सम्बन्धित खबर