
काठमाडौं । सुनको भाउ आज ५०० रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सयले बढेर तोलाको एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार ३०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको एक हजार ९८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।