
काठमाडौं । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ भने आज घटेको छ । चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार ९९० रुपैयाँ रहेको थियो ।