२०८१ फागुन ११, आइतवार , ०८:४२:१९ बजे

Sajhamanch
'

प्रलेस झापाको अध्यक्षमा दोहोरिए अधिकारी

आइतवार, फागुन ११, २०८१

झापा । प्रगतिशील लेखक संघ (प्रलेस) झापाको ११औं जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दै शनिबार बिर्तामोडमा सम्पन्न भएको छ।

प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्रलेस नेपालका महासचिव डा। देवी क्षेत्री दुलालको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रममा प्रलेस झापाका पूर्व अध्यक्षहरु हेमनाथ अधिकारी र कमल गुरागाईंलाई सम्मान गरिएको थियो।

सम्मेलनको बन्दसत्रले लीलाप्रसाद अधिकारीलाई पुनस् अध्यक्षतामा जिम्मेवारी दिँदै ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा तारा राई, सचिवमा वीरेन्द्र खड्का, सहसचिवमा मिलन सङ्ग्रौला र कोषाध्यक्षमा देवीचरण भण्डारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भीम दाहाल, तीर्थ खरेल, मिना अधिकारी,  लक्ष्मी अच्युत ढुङ्गाना रहेका छन् ।

सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि डा। दुलालले प्रगतिवादी सोचबाट लेख रचना प्रकाशन कम हुँदै गएकाले लेखकहरुलाई यसतर्फ सोच्न सुझाव दिए ।

सम्मेलन सफलताको शुभकामना मन्तब्य राख्दै अतिथिहरु लीला उदासी, पुण्यप्रसाद खरेल, सुमित्रा वाङ्देल चेली, तीला लेकाली र राजेन्द्र संग्रौलाले प्रगतिशील लेखकहरुले मुलुकको राजनीति र समाजलाई डोहोर्याउनु पर्ने औंल्याएका थिए ।

यस्तै सम्मानित व्यक्तित्वहरु हेमनाथ अधिकारी र कमल गुरागाईले अप्रत्यासित सम्मानले पुलकित बनाएको बताए ।

प्रलेस झापाका सचिव विन्दु दाहाल मुकदर्शकले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि र सहभागीहरुलाई मायामितु न्यौपानेले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर