
बिर्तामोड । बिर्तामोडको अदुवा पुलमा एक युवक माथि आज दिउँसो निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिटमा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।
मापसे गरेका युवाहरुबीच झगडा भएको हुन सक्ने बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनीहरु साथी–साथी हुन् जस्तो छ, इलाका ल्याएका छौं, सोधपुछ गर्दैछौं ।’
प्रहरीले पनि ३ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
कुटपिटमा संलग्नहरु प्रहरी देख्नासाथ भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिइएको छ, सोधपुछ गरेर प्रक्रिया अघि बढाइनेछ, डिएसपी विष्टले भने ।