
काठमाडौं । हिंसात्मक दृश्य धेरै रहेको भन्दै सेन्सरमा रोकिएको सिनेमा ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा आएको छ ।
निर्माण टिमले व्यापक काँटछाँट गरेपछि केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले पीजी सर्टिफिकेट दिएपछि अन्ततः ‘ताण्डवम्’ प्रदर्शनमा आएको हो ।यो चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावकलाई लिएर जानु पर्नेछ ।
निर्देशक जुनिम गहतराजले कथाको मर्म नमर्ने गरी सिनेमाको हिंसात्मक दृश्य काटिएको बताएका छन् ।पहिलोपटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो सिनेमाले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पूरा सिनेमाबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिए ।सिनेमामा जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।