२०८१ फागुन ९, शुक्रवार , १०:४२:०३ बजे

Sajhamanch
'

मेचीनगरको प्रेस संयोजकमा कार्की

बिहिवार, फागुन ८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाको प्रेस संयोजकमा अर्जुन कार्की नियुक्त भएका छन् ।

नगरपालिकाको मंगलबार सम्पन्न कार्यपालिका बैठकले मेचीनगर अनलाइन डटकमका सम्पादक कार्कीलाई प्रेस संयोजकको जिम्मेवारी दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवम्् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले जानकारी दिए ।

युवराज आचार्यले कार्य व्यस्तताको कारण जनाउँदै प्रेस संयोजकबाट राजीनामा दिएपछि उनको स्थानमा कार्कीलाई जिम्मेवारी तोक्ने निर्णय भएको प्रवक्ता बरालले बताए ।

विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील कार्की मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी हुन् । उनले जनसंसद् दैनिक, जनान्दोलन साप्ताहिक, लोकतन्त्र पोस्ट लगायतका सञ्चार माध्यमहरुमा सम्पादकीय जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सम्बन्धित खबर