२०८१ फागुन ९, शुक्रवार , ०१:२१:१४ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा एक लाख ७१ हजार रूपैयाँ पुग्यो

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर तोलामा एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार ९९५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९८५ रुपैयाँ रहेको थियो ।

बिहिवार, फागुन ८, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर