
काठमाडौं । सुनको भाउ आज एकै दिन तोलामा ११०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ११०० रुपैयाँले बढेर तोलामा एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९७० रुपैयाँ रहेको थियो ।