
काठमाडौं । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेर तोलामा एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ हिजोजस्तै तोलामा एक हजार ९७० रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।