
काठमाडौं । नेपालमा चालु आवको ६ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन्। गृह मन्त्रालयका अनुसार गत वर्षको यही अवधिमा तीन हजार ४५७ जनाले आत्महत्या गरेका थिए। गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ।यस्तै, गएको मङ्सिर महिनाको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ। यो वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा ४७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरेकोमन्त्रालयले जनाएको छ ।