२०८१ फागुन ८, बिहिवार , ०३:४४:४६ बजे

Sajhamanch
'

दुवै सदनको बैठक आज

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । संघीय संसद्को अन्तर्गत दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र८० पेश गर्ने कार्यसूची छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।यस्तै मन्त्री भण्डारीले विद्युतीय व्यापार ९ई कमर्स० विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने पनि संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर