
काठमाडौं । सुनको भाउ आज १२०० रुपैयाँले बढेको छ । आज सुनको भाउ १२०० रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।