
झापा । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित मधुगिता क्रसर उधोगमा काम गर्ने मजदुरलाई ट्रिपरले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको छ ।
सोमवार साँझ ५ः४५ बजेको समयमा को १ ख ७०१४ नम्बरको ट्रिपरले मिक्स गिटी अनलोड गरी अगाडी बड्ने क्रममा सोही क्रसरमा काम मजदुरलाई ठक्कर दिएको थियो ।
ट्रिपरको ठक्करबाट हल्दीबारी गाउँपालिका–२ का अन्दाजी २४/२५ बर्षिय मोहन किस्कुको मृत्यु भएको हो । ट्रिपरको ठक्करले किस्कुको घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्रहरी चौकी शनिश्चरेमा प्राप्त हुना साथ प्रहरी टोली खटी गएर ट्रिपर र चालक मोरङको उर्लाबारी नगरपालिका–२ का ४१ बर्षिय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।