
काठमाडौं । सुनको भाउ आज २७०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलामा एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार २०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार ९५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको एक हजार ९७० रुपैयाँ थियो ।