
झापा । जिल्ला प्रहरी कार्यालय झापाका एक जना प्रहरी अधिकारीले झुन्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले पुष्टि गरेका छन् ।
भोजपुर घर भएका खतिवडा केही महिनाअघि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट जिल्ला प्रहरी कार्यालय गएका थिए । उनले अवकाश पाउन लागेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।