२०८१ फागुन ३, शनिवार , ०६:५६:२९ बजे

Sajhamanch
'

अर्जुनधारा वडा नं. ४ मा किसान संघ, अध्यक्षमा कटुवाल

शनिवार, फागुन ३, २०८१

अर्जुनधारा । नेपाली कांग्रेस आवद्ध किसानहरुको संगठन नेपाल किसान संघको शनिबार सम्पन्न अधिवेशनले लीलाबहादुर कटुवालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अर्जुनधारा वडा नं. ४ किसान संघको अधिवेशनले वडा कार्य समिति, नगर प्रतिनिधि र प्रदेश प्रतिनिधि चयन गरेको हो ।

समितिको उपसभापति सोमनाथ गिरी, सचिवमा धनबहादुर कार्की, कोषाध्यक्ष प्रेमकुमारी रिजाल र सहसचिव कमला रिमाललाई चयन गरेको छ । समितिको सदस्यहरुमा कमल भट्टराई र तारा घिमिरे चयन भएका छन् ।

यसैगरी नगर अधिवेशन प्रतिनिधिमा उमानाथ हुमागाईं, भीमलाल गिरी, रुद्र रिमाल, लक्ष्मी गिरी र उमानाथ भट्टराई चयन भएका छन्।

क्षेत्रीय प्रतिनिधिमा मदन थापा, रमन बस्नेत, टीकाप्रसाद शिवाकोटी, जीवनकला राउत, दुर्गा भट्टराई र इन्द्रबहादुर आङ्देम्बेलाई चयन गरेको वडा सचिव उद्धव कुँवरले जानकारी दिए ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको प्रमुख आतिथ्य र वडाका लागि जिल्ला प्रतिनिधि शेखर सुवेदीको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनमा अध्यक्षता वडा सभापति खेमनाथ काफ्लेले गरेका थिए ।

वडा सचिव उद्धव कुँवरले सहजीकरण गरेको कार्यक्रममा नेपाली कांग्रेस आवद्ध सो वडाका कृषकहरुको सहभागिता थियो ।