![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Actor-Film-Pradeep-Khadka.jpg)
काठमाडौं । आइतबारदेखि फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन स्थगित हुने भएको छ । निर्माताले शुक्रबार वक्तव्य जारी गर्दै प्रदर्शन तत्काललाई रोक्ने निर्णय गरेको जनाएका हुन् ।
वितरण कम्पनी डिजिटल सिनेमा नेपालले पनि आइतबारदेखि प्रदर्शन रोक्न भन्दै मातहतका हललाई इमेल गरेको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा दायर एक मुद्दाको किनारा नलागेसम्म प्रदर्शन स्थगित गर्ने निर्णय भएको निर्माताद्वय थमन भण्डारी र मोती कार्कीले जनाएका छन् ।
‘एक्टर : टेक वन’को निर्माता कम्पनीमध्येको एक अ मोती फिल्म्स प्रालिले विहिबार काठमाडौं जिल्ला अदालतमा अर्को फिल्म ‘एक्टर’को निर्माता कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो । यो मुद्दामा अनुचित लाभ लिन खोजेको आरोप लगाइएको छ ।अदालतले दुबै पक्षलाई चैत ६ गते छलफलमा बोलाएको छ । यो मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदर्शन स्थगित गर्ने निर्णय निर्माताले गरेका हुन् ।