२०८१ फागुन ३, शनिवार , ०७:१९:४४ बजे

Sajhamanch
'

बिर्तामोडमा आज सामना कन्सर्ट

शनिवार, फागुन ३, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा जनवादी गीत संगीत सामना कन्सर्ट हुने भएको छ। शनिबार दिउँसो १२ बजे पश्चात् कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा पहिलोपटक सामना कन्सर्ट हुन लागेको नेकपा झापाका इन्चार्ज सुमन सिंह सीले जानकारी दिए।

समाजवादका लागि सामना कन्सर्ट अभियान अन्तर्गत फागुन ३ गते शनिबार बहुचर्चित राष्ट्रिय जनवादी कलाकारहरु माइला लामा, मणि थापा, आरोह नेपाली, रमण थामी लगायतका दर्जनौं कलाकारहरुको साथमा कार्यक्रम हुने भएको हो ।

कार्यक्रमका लागि कलाकारहरुको टोली आइसकेको र हजारौं झापाली जनता सामु कार्यक्रम गर्ने तयारी रहेको नेकपाले जनाएको छ।

पछिल्लो समय सांगीतिक क्षेत्रमा विकृति र विसंगति बढ्दै गएको, समाज परिवर्तनका सांस्कृतिक गीतहरु भन्दा अश्लील र अपाच्य गीतहरुले समाजलाई असर गरिरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै समाज रुपान्तरणको आवाज बोकेका र परिवर्तनकारी आन्दोलन छेडेर आएका बहुचर्चित कलाकारहरूले झापाली जनसमुदायहरुमा समाजवादका लागि सकारात्मक उर्जा र सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समेत नेकपा झापाले जनाएको छ।

सामना कन्सर्टमा विभिन्न गीतहरु सँगै नृत्य तथा नाट्य प्रस्तुतिसमेत रहने र निशुल्क हेर्न सकिने व्यवस्था गरिएको छ। खुल्ला कार्यक्रममा सम्पूर्ण जनसमुदायलाई उपस्थितिका लागि नेकपा झापाले अपिल समेत गरेको छ।

सम्बन्धित खबर