![](https://sajhamanch.com/wp-content/uploads/2024/12/gold-1.jpg)
काठमाडौं । सुनको भाउ आज ४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ एकैदिन तोलामा २३०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९६५ रुपैयाँमा कायम भएको थियो ।