![](https://sajhamanch.com/wp-content/uploads/2025/02/malpot.jpg)
झापा । झापाको भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु. ४४ करोड ५७ लाख ३७ हजार ४५१ राजस्व सङ्कलन गरेको छ ।
प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार ५६९ रजिष्ट्रेसन पारित भएका छन् । यसैगरी मृत्युपछिको नामसारी ५६७, घर कायम ५८७, हाल साबिक अद्यावधिक ९८९, दाखिला खारेज १७१, संशोधन ९१४, मोही बाँडफाँट ११, मोही नामसारी नौ र ३७० जनाको मोही लगत कट्टा भएको छ ।
प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको बताए ।
उक्त कार्यालयले आव २०८०/८१ मा रु. ८० करोड ५८ लाख १४ हजार ५९२ राजस्व सङ्कलन गर्दा ३६ हजार ८७५ थान रजिष्ट्रेसन पारित भएका थिए ।