![](https://sajhamanch.com/wp-content/uploads/2024/04/nmc-coop.jpg)
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८१।११।१
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को तर्फबाट वि. सं. २०८२ सालको भित्ते र टेबल क्यालेन्डर छपाई गर्नुपर्ने भएको हुँदा तपसिलमा उल्लेखित साइज, गुणस्तर र सर्त बमोजिम क्यालेन्डर छपाई गर्न इच्छुक फर्महरुबाट कोटेसन आह्वान गरिन्छ ।
क. भित्ते क्यालेन्डर :
- संख्या : ५० हजार वा ८० हजार थान
- साइज : १२ इन्च x १८ इन्च
- कागजको गुणस्तर : 130 GSM, Art Board Paper
- छपाईको रङ : मल्टी कलर (रंगीन)
- पाना संख्या : ३ (प्रत्येक पानाको अगाडि २ र पछाडि २ महिना प्रिन्ट गर्ने)
- बाइन्डिङ : Metal strip pata binding with hook
ख. टेबल क्यालेन्डर :
- संख्या : १० हजार थान
- साइज : ८.५ इन्च x ६.२ इन्च
- कागजको गुणस्तर : आर्टबोर्ड
- कागजको तौल : 250 GSM, Art Board Paper
- छपाईको रङ : मल्टी कलर (रंगीन)
- स्टेन्ड : Press board with white paper lamination
- पाना संख्या : १२ पाना, २४ पेज (प्रत्येक पानामा २ महिनादुवै तर्फ प्रिन्ट हुने)
- बाइन्डिङ : Metal Wiro Binding
बुँदाहरुः
१ कोटेसन पेस गर्दा संस्थाको कर्पाेरेट कार्यालय, मेचीनगर–६, काँकरभिट्टामा सिलबन्दी पेस गर्नुपर्नेछ ।
२. झापा जिल्ला बाहिरबाट कोटेसन पेश गर्ने बिक्रेताले सिलबन्दी वा इमेल मार्फत Password Protected फायल बनाई संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ । कोटेसन सम्बन्धी निर्णय गरिने दिन सम्बन्धित बिक्रेतालाई Password माग गरिनेछ ।
३. कोटेसन पेश गर्दा आयकरमा दर्ता भएको प्रमाणपत्र, आ. व. २०८०/०८१ को करचुक्ता प्रमाणपत्र, यसअघि क्यालेन्डर छपाई गरेको मुख्य संस्थाहरुको सूची समावेश गर्नु पर्नेछ ।
४. कोटेसनका साथमा आफूले प्रकाशन गर्ने क्यालेन्डरको नमूना प्रति Sample अनिवार्य पेस गर्नु पर्नेछ ।
५. भित्ते क्यालेन्डरको हकमा ५० हजार थान छपाईको मूल्य र ८० हजार थान छपाईको मूल्य अलग अलग पर्न गएमा सोसमेत स्पष्ट खुलाउनु पर्नेछ ।
६. संस्थामा सूचीकृत नभएका फर्महरुले सूचीकृत गराएर मात्र कोटेसन पेस गर्नु पर्नेछ ।
७. कोटेसनमा मूल्य अभिवृद्धि कर VAT तथा ढुवानी खर्च सम्बन्धी स्पष्ट खुलाउनु पर्नेछ ।
८. कोटेसन स्वीकृत भएपश्चात् स्वीकृत फर्म वा कम्पनीले कूल भुक्तानीयोग्य रकमको १० प्रतिशत रकम नगद धरौटी वा बैंक ग्यारेन्टी मार्फत पेस गर्नुपर्नेछ ।
९. कोटेसन पेस गर्ने अन्तिम मिति २०८० फागुन १३ गते मंगलबार कार्यालय समयसम्म तोकिएको छ ।
१०. क्यालेन्डर डिजाइन सम्बन्धी कार्य सस्थाको तर्फबाट हुनेछ ।
११. संस्थाबाट अन्तिम डिजाइन प्राप्त गरेको मितिले १५ दिनभित्र सम्पूर्ण सामग्री संस्थाको बिर्तामोडस्थित केन्द्रीय स्टोरमा दाखिला गराइसक्नु पर्नेछ ।
१२. कोटेसन स्वीकृति गर्नेे सन्दर्भमा एकै बिक्रेता वा अलग अलग बिक्रेतालाई स्वीकृत गर्ने, कारण खुलाई वा नखुलाई स्थगन लगायत सम्पूर्ण निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
१३. प्राप्त कोटेसनहरुमध्ये कुनै पनि कारण नखुलाई पूर्ण/आंशिक रुपमा कुनै पनि कोटेसन स्वीकार गर्ने वा अस्वीकृत गर्ने अधिकार सुरक्षित रहनेछ ।
१४. थप जानकारीका लागि ९८५२६८९४८४/९८५२६८९६५०
– कर्पाेरेट कार्यालय