२०८१ फागुन १, बिहिवार , ०३:०५:४२ बजे

Sajhamanch
'

प्रयागराज कुम्भमेलामै अस्ताइन झापा हल्दिबारीकी शिवाकोटी

बिहिवार, फागुन १, २०८१

झापा । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ ।

माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्रामा सहभागी हल्दिबारी-१ की शिवाकोटीको यात्रा क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

यात्रामा बस चालकसहित ६१ जना यात्री सहभागी थिए । मृतकका श्रीमान चैतन्य शिवाकोटी पनि सोही यात्रामा सहभागी रहेको जनाइएको छ ।

भारतको प्रयागराजमा भएको यस घटनापछि शव नेपाल फर्काउने विषयमा कुल्फी प्रहरी र झापा प्रहरीले समन्वय गरिरहेको छ ।

बिहिवार, फागुन १, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर