![](https://sajhamanch.com/wp-content/uploads/2024/04/nmc-coop-5-business.jpg)
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८१/१०/२२
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)का लागिपत्र स्वचालन र कार्य व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयरको आवश्यकता भएको हुँदा तपसिलका बुँदाहरूका आधारमा रही इच्छुक फर्म तथा कम्पनीहरुबाट कोटेसन आह्वान गरिन्छ ।
तपसिलः
१. बिक्रेता कम्पनीले कोटेसन पेस गर्दा कम्पनीको प्रोफाइल, कार्य अनुभव, सफ्वेयरको विशेषता, क्लाइन्ट लिस्ट, आधिकारिक निकायबाट मान्यता प्राप्त भएमा सो समेतको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।
२. कोटेसन पेस गर्दा बिक्रेता कम्पनीले कर चुक्ता प्रमाणपत्र, व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कागजातको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।
३. पत्र तथा सोसँग सम्बन्धित आवश्यक कागजातहरु अन्तर व्यवसाय, कार्यालय तथा विभागसम्म Forward गर्न मिल्ने सफ्टवेयर हुनुपर्नेछ ।
४. सम्बन्धित पत्रमा कमेन्ट गर्न सकिने, टिप्पणी उल्लेख गर्न सकिने र निर्णय गरिसकेपछि Final Approve भएको पत्रमा Work Flow देखिने व्यवस्था भएको हुनुपर्नेछ ।
५. पत्रको Flow Create भएपछि सम्बन्धित निकायमा Notification जाने व्यवस्था हुनुपर्नेछ ।
६. Task Management को व्यवस्था रहेको हुनुपर्नेछ ।
७. इलेक्ट्रोनिक दर्ता चलानीको व्यवस्था रहेको हुनुपर्नेछ ।
८. आवश्यकताका आधारमा संस्थाले तयार गरेका पत्रहरुको टेम्प्लेट सिस्टममा राख्न मिल्ने र प्रयोग गर्न मिल्ने व्यवस्था भएको हुनुपर्नेछ ।
९. संस्थासँग सम्बन्धित महत्त्वपूर्ण कागजात, कार्यविधि, जारी भएका परिपत्रहरु समेत संग्रह गर्न मिल्ने Document Library को व्यवस्था रहेको हुनुपर्नेछ ।
१०. कोटेसन संस्थाको बचत तथा ऋण प्रधान कार्यालय, चारआली वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
११. कोटेसनपेस गर्ने अन्तिम मिति २०८१ फागुुन ५ गते सोमबार कार्यालय समयसम्म रहेको छ ।
१२. थप जानकारीका लागि सम्पर्क नं. ९८५२६८९६५०/९८५२६८९४१९/९८५२६८९४५०
प्रधान कार्यालय