![](https://sajhamanch.com/wp-content/uploads/2024/09/NMC-Coop-logo.png)
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८१/१०/१५
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को पूर्ण स्वामित्वमा सञ्चालित बचत तथा ऋण व्यवसायका लागि वार्षिक बजेट तयारी र व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयरको आवश्यकता भएको हुँदा तपसिलका बुँदाहरूका आधारमा रही इच्छुक फर्म तथा कम्पनीहरुबाट कोटेसन आह्वान गरिन्छ ।
तपसिलः
१. बिक्रेता कम्पनीले कोटेसन पेस गर्दा कम्पनीको प्रोफाइल, कार्य अनुभव, सफ्वेयरको विशेषता, क्लाइन्ट लिस्ट, आधिकारिक निकायबाट मान्यता प्राप्त भएमा सो समेतको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।
२. कोटेसन पेस गर्दा बिक्रेता कम्पनीले कर चुक्ता प्रमाणपत्र, व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कागजातको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।
३. सफ्टवेयरमा Top-Down तथा Down-Top दुुवै विधिबाट र Historical data को आधारमा बजेट तयारी गर्न सकिने हुनुपर्नेछ ।
४. हाल संस्थामा Infinity CBS सञ्चालनमा रहेकोले उक्त सफ्टवेयरको DATA source तान्नका निम्ति उक्त सफ्टवेरमा Software link भएको हुनुपर्नेछ ।
५. तयारी गरिएको बजेटको सिमा सम्बन्धमा कारोबार गर्दै जाँदा Notification प्रदान गर्न सक्ने हुनुपर्नेछ ।
६. तयारी गरिएको बजेटको आधारमा कारोबार गर्दै जाँदा सिमापार हुुन लागेमा कारोबार नियन्त्रण गर्न सक्ने हुनुपर्नेछ ।
७. बजेट थप र शीर्षकगत रुपमा रकमान्तर गर्न सकिने हुनुपर्नेछ ।
८. आवश्यकताको आधारमा सफ्टवेयरमा बजेट पुुनरावलोकन गर्न सकिने व्यवस्था समेत हुनुपर्नेछ ।
९. कोटेसन संस्थाको बचत तथा ऋण प्रधान कार्यालय, चारआली वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
१०. कोटेसन पेस गर्ने अन्तिम मिति २०८१ फागुन ५ गते सोमबार कार्यालय समयसम्म रहेको छ ।
११. थप जानकारीका लागि सम्पर्क नं. ९८५२६८९४२०/९८५२६८९५०५/९८५२६८९४५०
प्रधान कार्यालय