![](https://sajhamanch.com/wp-content/uploads/2025/02/death.jpg)
झापा । झापा कारागार भद्रपुरमा एक कैदीबन्दी मृत्यु भएको छ । ठगी मुद्दामा जेल परेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।