![](https://sajhamanch.com/wp-content/uploads/2025/02/मेचीनगर-पालिकास्तरीय-महिला-फुटबलको-सेमिफाइनलमा.jpg)
बिर्तामोड । मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कमल गाउँपालिका माथि ३–० गोलको जित नकिाल्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वाटर फाइनल खेलमा पहिलो हाफमा २ र अन्तिम हाफमा १ गोल सम्भव भएको थियो ।
खेलमा सुरुवाती गोल वर्षा ओलीले मेचीनगरका लागि गरेकी थिइन् । खेलको १२औँ मिनेटमा गोल गरेकी वर्षाले २५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी हुन् ।
यसैगरी, खेलको ५१औँ मिनेटमा नयन राईले मेचीनगरको लागि तेस्रो गोल गरिन् ।
खेलमा दुई गोल गरेकी वर्षा ओली प्लेयर अफ द म्याच बनिन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् ।
बिहीबार आज अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।