![](https://sajhamanch.com/wp-content/uploads/2024/12/gold-1.jpg)
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २७०० रुपैयाँले घटेको छ । सुन आज तोलामा २७०० रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । केही दिनअघिदेखि लगातार बढीरहेको सुनको भाउ आज भने घटेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार ९३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९४५ रुपैयाँमा कायम भएको थियो ।